अभिव्यक्ति र घुसका कारण दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिए स्पष्टीकरण : गृहमन्त्रालय -JCNEPAL_MEDIA

मंशिर १२,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : आफ्नै बोली र कार्यशैलीका कारण दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले स्पष्टीकरण दिनुपरेको छ । गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रजिअ लालबाबु कवारीलाई बुधबार मन्त्रालयमै झिकाएर स्पष्टीकरण सोधेका हुन् ।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार मधेश प्रदेशअन्तर्गतका दुई सीडीओमध्ये एकजनालाई घूस प्रकरण र अर्कालाई सार्वजनिक रुपमा दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो । महोत्तरीमा सीडीओ कवारीलाई जिल्ला प्रशासन कार्यालयमै कार्यरत एकजना कर्मचारीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घूस लिएको प्रकरणमा स्पष्टीकरण सोधिएको हो । उता पर्साका सीडीओ अर्याललाई भने ३० कात्तिकमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औँ साधारण सभाका क्रममा दिएको विवादित अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।

दुवैजनालाई गृहमन्त्रीज्यूले मौखिक स्पष्टीकरण लिनु भएको छ । उहाँहरूलाई सचेत गराएर पठाइएको छ,मन्त्री लेखकको सचिवालयका एक सदस्यले भने, अहिलेलाई मौखिक स्पष्टीकरण मात्रै लिइएको छ । थप कारबाही गर्ने निर्णय भएको छैन । अर्यालले भनेका थिए, म भए आगो लगाइदिन्थेँ : बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा २०८० मंसिर १२ गते सुत्केरीको मृत्यु भयो । सुत्केरी भएर तीन केजीको छोरा जन्मियो भन्दै अस्पताल प्रशासनले परिवारलाई बधाई पनि दियो । तर त्यही अस्पतालले गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएको खबर केही बेरमै दियो ।

त्यसपछि तनाव हुँदा आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरे । अस्पतालमा पनि तोडफोड भयो । स्वस्थ छोरा जन्मियो भनेर बधाई दिएको अस्पतालले आमाको मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउँदा उक्त घटना हुन पुगेको रुपन्देही प्रशासनको निष्कर्ष थियो । एक लाख मान्छेमा एकजनालाई लाग्ने भनिएको पाठेघर संकुचनको समस्या हुँदा ‘ब्लड सर्कु्लेशन’ रोकिएर हर्ट एट्याकका कारण उनको मृत्यु भएको पोस्टमार्टम प्रतिवेदनले देखायो ।

प्रकाशित : मंशिर १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA