कांग्रेस - कम्युनिस्टको कारण देश धाराशाही हुदै : अध्यक्ष यादव -JCNEPAL_MEDIA

मंशिर १२,२०८१/ जेसी नेपाल संवाददाता

मधेस प्रदेश : जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष समाजवादी नेता उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीको लामो समय शासनले गर्दा देश जर्जर अवस्थामा पुगेको कुरा बताउंनु भयो।

धनुषाधाम नगरपालिका वार्ड नं १ मा मंसिर १६ गते हुने उप निर्वाचन का लागि मुंगराहा गाउँमा आयोजित चुनावी कोण सभा लाई सम्बोधन गर्दै प्रमुख पुर्व उपप्रधानमन्त्री समेत रहेका मधेश आन्दोलन का जनक यादवले कांग्रेस - कम्युनिस्ट को ३५ वर्ष को शासन कालमा देशको शिक्षा ,स्वास्थ ,कृषि धाराशाहीको कुरामा जोड दिनु भयो ।

धनुषाधाम नगरपालिका वार्ड नं १ का वार्ड अध्यक्ष का लागि जसपा, नेपालका उम्मेदवार अजय यादव मोहनलाई जिताउनका लागि आयोजित चुनावी कोण सभालाई संघीय सांसद दिपक कार्की, प्रदेश सांसद रामअशिष यादव, प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव सहितका वक्ताहरूले सम्बोधन गरेका छन।

प्रकाशित : मंशिर १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA