भारतका चर्चित क्रिकेटर शिखर धवन एनपिएल खेल्न आइपुगे -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : भारतका चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमयर लिग (एनपिएल) खेल्न काठमाडौँ आइपुगेका छन्।

उनी शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। उनी एनपिएलमा कर्णाली याक्समा आवद्ध छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका अफिसियलहरुले स्वागत गरेका थिए।

भारतका लागि २४ टेस्ट खेलेका उनले २ हजार ३१५ बनाएका छन् भने १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाएका छन्। टी–२० उनले भारतका लागि ६८ खेलमा १ हजार ७५९ रन बनाएका छन्।

उनले टेस्ट क्रिकेटमा ७ शतक र ५ अर्धशतक तथा एकदिवसीयमा १७ शतक र ३९ अर्धशतक बनाएका छन्। टी–२० क्रिकेटमा ११ अर्धशतक बनाएका छन्। उनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा ६ हजार ७६९ रन बनाएका छन्।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA