धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA

मंशिर १६,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षको लागि उपनिर्वाचन सुरु गरेको छ । विहान ७ः०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया केही बेर समान्य विवाद हुँदा रोकिएपनि पुनः केही मिनटमै मतदान सुरु भएको जनाइएको छ ।

विभिन्न दल समर्थित समर्थनकर्ताहरुले मतदान स्थलमा समान्य विवाद गरिएको जनाइएको छ । यद्यपी, सौहार्द वातावरणमा पुनः मतदान प्रक्रिया सुचारु भएको हो । वडा नम्बर १ का तत्कालिन वडाध्यक्षको निधन भएपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदान गराएको हो ।

आज अपरान्ह ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै रातीदेखि मतगणना समेत हुने जनाइएको छ । वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाताको सूचि रहेको छ । मतदानको लागि तीनवटा मतदान केन्द्र तोकिएको छ । धनुषा गोविन्दपुर, वडा नं. १ को वडा कार्यालय र मुँगरारस्थित मतदान केन्द्र रहेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेस, माओवादी र जसपाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित : मंशिर १६,२०८१     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA