जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

जेष्ठ २१,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : उपमहानगरपालिका जनकपुर वडा नं. २ मा पर्ने वकिल टोलस्थित मिश्रि पंजियारको घर नजिकको ट्रान्सफर्मर विगत ३ दिनदेखि थला परेको छ।

स्थानीयले पटक–पटक जानकारी गराउँदा पनि मर्मतको नाममा दिनमा अलिकति मलहम–पट्टी लगाएर राति करिब ८ बजेदेखि बिहानसम्म अन्धकार र गर्मीको सजाय दिने नयाँ प्रविधि सुरु भएको जस्तो देखिन्छ। यति ठूलो गर्मीमा जनता रातभरि पसिनाले लाेतपाेत भइरहन्छन् तर, सम्बन्धित निकायका जिम्मेवार अधिकारीहरू भने सायद “समस्या आफैं समाधान हुन्छ” भन्ने वैज्ञानिक अनुसन्धानमा व्यस्त होलान्।

कार्यालय प्रमुखको मोबाइल र फ्युज शाखाका नम्बरमा सम्पर्क गर्न खोज्दा फोन नउठ्ने अवस्था देख्दा स्थानीयको प्रश्न स्वाभाविक छ—फोन साइलेन्टमा राखिएको हो कि जनताको गुनासो नै साइलेन्ट मोडमा राखिएको हो? जनतालाई ३ दिनदेखि गर्मीले छट्पटी बनाइरहेको छ, तर जिम्मेवार निकायको तत्परता हेर्दा ट्रान्सफर्मरभन्दा बढी त जिम्मेवारी नै बिग्रिएको पो हो कि भन्ने शंका पैदा भएको छ।

जनता अन्धकार र गर्मीसँग जुधिरहेका बेला सम्बन्धित अधिकारीहरू AC को चिसो हावामा समस्या समाधान भएको सपना देखिरहेका त छैनन्? विद्युत सेवा जनताको आधारभूत आवश्यकता हो, अधिकारीहरूको आरामको साधन होइन।

प्रकाशित : जेष्ठ २१, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

धनुषाका स्थानीय तहमा आम्दानीभन्दा पदाधिकारीको सेवासुविधामा बढी खर्च,महालेखापरीक्षकको कार्यालयकाे विवरण : JCNEPALMEDIA