स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

मंशिर १७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।

तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् । कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९०३ मत खसेको थियो । २०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।

प्रकाशित : मंशिर १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA