धनुषामा ट्याक्टरले ठक्कर दिँदा स्वः पत्रकार रोहिताको बुवा गम्भिर घाइते - JCNEPAL MEDIA

पुस १,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषामा ट्रयाक्टरले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ बिसरभोरा टोलस्थित ट्राक्टरको ठक्करबाट स्वर्गीय पत्रकार शिवेन्द्र रोहिताको बुवा गम्भिर घाईते भएका हुन् । उत्तर दक्षिणको गाउँले सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज.१ त. ९९५४ नम्बरको ट्रयाक्टरले स्वः पत्रकार रोहिताका बुवा स्थानीय ५० वर्षीय सत्यदेव रोहितालाई सोमबार अपरान्ह ५ बजे ठक्कर दिएको हो ।

रोहिताको हात र खुट्टामा गम्भीर चोट लागेको छ । सडकमा हिँडिरहेका रोहितालाई ट्रयाक्टर चालक स्थानीय भुल्ला भन्ने शैलेन्द्र रोहिताले ट्याक्टर लिएर ज्यान मार्न खोज्यो परिवारजनले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतका अनुसार, रोहिताको गम्भीर रोहिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

रोहितालाई ठक्कर दिने टेक्कटर चालक शैलेन्द्र रोहिता भुला फरार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।

प्रकाशित : पुस १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA