फाइनल पुग्ने दौडमा जनकपुर र सुदूरपश्चिम : एनपिएल JCNEPAL MEDIA

पुस ३,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)का दुई उपाधि दाबेदार टोली जनकपुर बोल्ट्स र सुदरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिगमा फाइनल पुग्ने दौडमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको पहिलो फाइनल पुग्ने टोलीका रुपमा बाजी मार्ने लक्ष्यमा दुवै टिम टियू मैदान कीर्तिपुरमा दिउँसो १ बजे पहिलो क्वालिफायर खेल्न एक-अर्काविरुद्ध मैदान उत्रिने छन्।

शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलेले लिगचरणमा रवाफिलो प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारीमा अब्बल प्रमाणित गरेका छन्। जसलाई निरन्तरता दिने लक्ष्यमा दुवै टोली रहेका छन्। सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको थियो। जनकपुरले भने ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ। पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै फाइनलमा स्थान सुरक्षित गर्ने भएकाले पनि दुवै टोली पहिलो क्वालिफायरमै जितको खोजिमा छन्।

यद्यपि, पराजित टिमले फाइनल प्रवेशको अर्को मौका पाउने छ। अर्थात् चितवन र कर्णालीबिचको विजेतासँग बिहीबार फाइनल प्रवेशका लागि खेल्ने छ। यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पनि फराकिलो अन्तरले जोगायो। सामान्य लक्ष्य पछ्याएको जनकपुर केवल ५१ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमले क्वालीफायरसम्मको यात्रामा केवल एउटा हार भोग्यो चितवन राइनोज सँग ३३ रनले पराजित हुँदा अन्य टिमलाई भने उसले हरायो। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाइ ९० रनले हराउँदा काठमान्डुमाथि ७३ रनको जित निकालेको थियो।

त्यस्तै, लुम्बिनीलाई ३३ रनले हराएको सुदूरपश्चिमले लिगको चौंथो खेलमा हार भोग्यो। त्यसपछि पुन:लगातार तीन खेल जित्यो। अर्थात् जनकपुरलाई ७२ रनले हराउँदा पोखरालाई ५ रन र कर्णाललाई ६ विकेटले पाखा लगाएको थियो। त्यसैगरी, जनकपुरले पनि लगातार सुरुवाती ४ खेल जितेको थियो। जनकपुरले विराटनगरलाई ८ विकेटले हराउँदा कर्णालीलाई ८ विकेटलेनै पराजित गर्यो। त्यस्तै पोखरलाई ७ विकेटले हराउँदा लुम्बिनीलाई १ रनले पाखा लगाएको थियो।

त्यस्तै काठमान्डुलाई ५ विकेटले हराएको थियो। जनकपुर सुदूरपश्चिम र चितवनसँग पराजित भएको थियो। योबिचमा टिमका महत्त्वपूर्ण सदस्य रहेका अनिल साह घाइते भएका छन्। उनी सम्भवत आजको खेल गुमाउन सक्ने सम्भावना रहेको छ। यद्यपि, अन्य खेलाडीहरु पनि राम्रो लयमा रहेकाले जनकपुरले सदुरपश्चिमलाई स्वभाविक रुपमा कडा चुनौती दिने छ।

जनकपुर बोल्ट्सको टोली:आशीफ शेख, अनिलकुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, जेम्मी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड),लाहिरु मिलन्था (अमेरिका), हर्ष थकर (क्यानडा) सुदूरपश्चिम रोयल्सको टोली:दीपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोज राज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब (इंग्ल्यान्ड), स्कट कुग्गेलेइजन (न्युजिल्यान्ड), ब्रान्डन म्याकमुलेन (स्कटल्यान्ड),

प्रकाशित : पुस ३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA