जनकपुरकाे मुरली चाैक स्थित दुर्गा मंदिरमा एक पुरुषको शव फेला- JCNEPAL MEDIA

पुस ५,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : आज विहानै जनकपुरकाे मुरली चाैक स्थित दुर्गा मंदिरमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ ।

अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ, उनले भने । एता, स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । स्थानीयका अनुसार उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए ।

घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA