किशोरी साह ग्राहक ठगी आरोपमा पक्राउ : नबिल बैँक जनकपुरका ब्रान्च म्यानेजर -JCNEPAL MEDIA

पुस ८,२०८१/ जेसी नेपाल संवाददाता

नविल बैँक जनकपुर शाखाका शाखा प्रमुख किशोरी साह पक्राउ परेका छन् । जनकपुर स्थित नविल बैंक भानु चोकका तत्कालीन शाखा प्रमुख साह १ करोड ६० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ परेका हुन् ।

गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका वडा नम्बर ४ की सोमिन्द्राकुमारी साहले २०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नु आगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छिन् ।

नेपाल बंगलादेश बैंक र नविल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नविल बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका साह पछिल्लो समय जनकपुरस्थित शाखा प्रमुखका रूपमा काम गर्दै आएका थिए । नविल बैंकका केन्द्रीय प्रवक्ता सुरेश त्रिपाठीले साहले केही समयअगाडि नै राजीनामा बुझाइसकेको जानकारी दिए ।

साहलाई शुक्रबार बेलुकी बैंकबाटै धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको र उनलाई मिर्चैया ल्याइएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए । आइतबार जिल्ला अदालत, सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।

उनीमाथि १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको हो । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA