शौच गर्न गएकी महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार : मोरङ JCNEPAL MEDIA

पुस ११,२०८१/ जेसी नेपाल संवाददाता

जहदा, मोरङ : मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको छ ।

मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो । उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारका क्रममा साँझ मात्र होसमा आएकी ती महिलाले शौचस्थलबाट आफूलाई अपहरण शैलीमा बाँसघारीमा लगेर हातखुट्टा बाँधी सामूहिक बलात्कार गरिएको आफन्त र प्रहरीलाई बताएकी छन् । पीडित महिलाको बयानका आधारमा मंगलबार तीन र बुधबार एक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कपडा च्यातिएको अवस्थामा उद्धार गरिएकी उनको शरीरका विभिन्न स्थानमा नीलडाम छन् । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जनाएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ ।

कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले उनलाई बाँसघारीको बीचमा देखेपछि गाउँलेलाई बोलाएर ल्याएकी थिइन् । त्यसपछि स्थानीयले प्रहरी बोलाएर उनको उद्धार गरेका थिए । प्रहरी चौकी कटहरीदेखि करिब डेढ किमि मात्र दक्षिणतर्फ रहेको बाँसघारीमा सामूहिक बलात्कार भएको हो । मुसहर समुदायको बाहुल्य रहेको सुकुम्बासी बस्तीकी ती महिला काखे बच्चा ओछ्यानमै छाडेर झिसमिसेमै घरदेखि करिब डेढ सय मिटर दूरीमा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् ।

श्रीमान्ले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी थिइन् । बेलाबखत मजदुरी गर्न जाने भएकाले बिहान अबेरसम्म घर नफर्के पनि ‘छोरी बिहानैदेखि कामतिर गई होला’ भन्ने ठानेर खोजी नगरिएको आमा रेखाले बताइन् । ‘मेरी छोरीलाई नराम्रो काम गर्नेलाई कडा दण्डसजाय दिनुपर्छ : उनले भनिन् ।

प्रहरीले मंगलबार कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको थियो भने बुधबार बिहान थप एक जना पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पीडितको बयानपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : पुस ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA