मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा हुने-JCNEPAL MEDIA

पुस १२,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेशका ८ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा गरिने छ । आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य विमा तथा ७ लाखको दुर्घटना विमा गर्ने भएको हो ।

जनकपुरधाममा रहेको मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आज भएको कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा गर्ने सम्बन्धि सम्झौतामा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी तथा राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले आज हस्ताक्षर गर्नुभयो । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून

मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको उल्लेख गर्नुुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखको स्वास्थ्य तथा ७ लाखको दुर्घटना विमा गर्ने बताउनुभयो । उहाँले यसअघि महिलाहरूको स्वास्थ्य विमा गर्दै आएको भए पनि यसपटक ७ सय ३५ पत्रकारहरूको महासंघ तथा मिडियाको सिफारिसमा विमा गरिदिने बताउनुभयो । जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादव,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह लगायतले बोल्नुभएको थियो ।

राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा विमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभएको थियो ।

प्रकाशित : पुस १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA