काठमाडौंमा बसेर मधेसका समस्या समाधान हुन सकिँदैन : कांग्रेस नेता कोइराला

पुस १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न नसकिने बताएका छन् ।

महोत्तरीको भटोलियामा शनिबार आयोजित कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले मधेसमा बेरोजगारी व्याप्त रहेको र यहाँका किसान मल, सिँचाइ तथा बजारको समस्याले प्रताडित भएको बताएका हुन् । ‘मधेस अप्ठ्यारोमा रहेको हामीले बुझेका छौं,’ उनले भने, ‘काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न सकिँदैन ।

फरक प्रसंगमा उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि जोड दिए । ‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्न हामीले भनेका छौं तर पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिन्छन् : नेता कोइरालाले भने । निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु गर्‍यौं भने हामीहरू फेरि कमजोर हुन सक्छौ । कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने पनि उनले बताए ।

कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा एक्लै लडेर तीनै तहमा जितेर देखाउनुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए । ‘हरेक २/२ महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको हो,’ उनले भने, ‘तर, यस सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन ।

प्रकाशित : पुस १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA