प्रहरी हत्यामा तिवारीसहित तीन जना प्रहरीकै संलग्नता, परे पक्राउ -JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

प्रहरी हत्यामा तिवारीसहित तीन जना प्रहरीकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

एक हप्ता अगाडी बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या प्रकरणमा संलग्न अभियोगमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको भान्से रुम्बालाई एक हप्ता अगाडी गोली प्रहारगरी हत्या गरिएको थियो । प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा इन्सपेक्टर तिवारीसमेत तीन जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा उनीहरुको संलग्नताको प्रमाण प्राप्त गरिसकेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

रुम्बाको हत्या व्यक्तिगत रिसइबी तथा आर्थिक लाभको कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउमा परेकाहरुसँग थप सोधपुछ जारी रहेकोले घटनाको यकिन कारण खुल्न बाँकी रहेको अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतले जनाए ।

घटनामा संलग्न अभियोगमा तिवारी सहित पक्राउ परेका अन्य दुई जना बारा जिल्लाकै व्यक्ति छन् । तर, उनीहरुको संलग्नतावारे यकिन प्रमाण आइनसकेको भन्दै उनीहरुको विवरण गोप्य राखिएको छ ।

प्रकाशित : पुस १४,२०८१      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA