बालिकाकि अभिभावकले शिक्षक झा निर्दोष रहेको बताए : जलेश्वर JCNEPAL MEDIA

पुस १६,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरीको जलेश्वरमा रहेको लचमु विद्यालयमा कक्षा ७मा अध्यय्नरत छात्राले प्रधानाध्यापक उपर लगाएको आरोप झुठो रहेको सर्वपक्षिय बैठकबाट निश्कर्ष निकालिएको छ । छात्राले प्रधानाध्यापक उपर यौन दुव्र्यवहारको आरोप लगाएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए ।

आन्दोलनका कारण जलेश्वरको अवस्था आइतबार दिनभर तनावग्रस्त बनेको थियो ।लचमु विद्यालयको सो विवादको समाधानकालागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको बैठकबाट प्रधानाध्यापक संजीव कुमार झा सो घटनामा कतैपनि दोषी नदेखिएको निश्कर्ष निकालिएको हो ।

सो बैठकमा छात्राका अभिभावकले छोरीले प्रधानाध्यापक उपर झुठो लाञ्छना लगाएको बताएपछि सो विवादको पटाक्षेप भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए ।यसअघि आइतबार छात्राले प्रधानाध्यापक उपर आरोप लगाएपछि विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयसम्म ¥याली निकालेका थिए ।

आक्रोशित विद्यार्थीहरूले प्रशासन कार्यालयको अगाडि टायर बालेर प्रधानाध्यापक झालाई तत्कालै कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरु तोडफोड समेत गरेका थिए ।तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी कबारीले दिएका छन् ।

प्रकाशित : पुस१६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA