आर्मीभन्दा बागमती १५२ रनले पछाडि : जय ट्रफी पुरुष एलिट कप JCNEPAL MEDIA

पुष २५२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा पूरा ६० ओभर खेल्ने पहिलो टोली बनेको छ । विभागीय टोली आर्मीले बुधबार पहिलो इनिङ्समा तोकिएको पूरै ६० ओभर खेलेर ५ विकेट गुमाई २ सय ७६ रन बनायो ।

प्रतियोगिताको नियमअनुसार पहिलो इनिङ्समा ६० ओभर खेलेपछि इनिङ्स समाप्त हुनेछ । जवाफमा आएको बागमती प्रदेशले पहिलो दिनको खेल टुंगिँदा २२ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन बनाएको छ । आर्मीभन्दा बागमती अझै १ सय ५२ रनले पछाडि छ ।

मंगलबार रातिको सिमसिमे वर्षा र बिहानको बाक्लो हुस्सुका कारण जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती र आर्मीको खेल ढिलो सुरु भयो । इमरान शेख र तृतराज दासले २४ ओभरभित्र १ सय ३ रनको साझेदारी गरी आर्मीलाई उत्कृष्ट सुरुआत दिलाए । तृतराजले ७८ बलमा ६ चौकासहित ४४ रन बनाए । उनलाई बागमतीका कप्तान सन्दीप लामिछानेले एलबीडब्लू आउट गरे ।

प्रकाशित : मंशिर २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA