संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै ताेकि समयमा गर्ने JCNEPAL MEDIA

पुस २६,२०८१ / जेसी नेपाल संवाददाता

मोरङ : निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन मिति कानुनमै तोकिने गरी संशोधन प्रक्रिया अघि बढेको बताएकी छन् । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित स्थानीय तह उपनिर्वाचन २०८१ को समीक्षा कार्यक्रममा उनले निर्वाचनको मिति कानुनमा उल्लेख भएमा समयमा निर्वाचन सम्पन्न हुने बताइन् ।

आयुक्त डा तुलाधरले आगामी निर्वाचन २०८४ लाई लक्षित गरी आयोगले कानुन संशोधन प्रक्रियाअघि बढाएको जानकारी दिइन् । विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेकाले संसदको आगामी अधिवेशनमा सूचीकरणमा परेको जानकारी आफूले प्राप्त गरेको उनले बताइन् ।

उनले भनिन्, “निर्वाचन आयोगले राष्ट्रपतिदेखि वडा तहसम्मको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले निर्वाचन कानुन संशोधन गरेर व्यवस्थित गर्न लागिएको हो ।” आयोगले महिलाको प्रतिनिधित्व बढाउने खालको व्यवस्था गर्न लागेको जानकारी दिइन् । समीक्षा कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन खर्चलाई ध्यान दिएर निर्वाचन कानुन संशोधन आवश्यक रहेको सुझाव दिए।

प्रकाशित : मंशिर २६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA