डा. सिके राउत राजनितिमा अनारी नेता : सांसद रामसराेज यादव JCNEPAL MEDIA

पुस २६,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली कांग्रेसका नेता रामसरोज यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीति अनाडी रहेको टिप्पणी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद यादवले प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राउतलाई राजनीतिमा अनाडी रहेको भनेका छन् ।

नेता यादवले भने ‘राउतजी राजनीतिमा अनाडी हुनुहुन्छ, अहिले नयाँ नयाँ हुनुहुन्छ अनाडी हुनु स्वभाविकै हो विस्तारै सिक्दै जानु हुन्छ । राउतले सामाजिक संजालमा मधेश सरकारलाई लिएर केही दिन अगाडि गरेको ८ बुँदे टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै प्रदेश सांसद यादवले उनको अभिव्यक्तिको विषयमा जवाफ दिन मुख्यमन्त्री सतीशकुमार सिंहलाई चुनौती दिएका छन् ।

नेता यादवले भने : मुख्यमन्त्रीजीले प्रतिनिधित्व गर्ने दलकै राष्ट्रिय अध्यक्षबाट प्रदेश सरकार र सरकारमा सहभागी दललाई लिएर यस्तो अभिव्यक्ति आएको छ । उनले अघि थप्दैँ भने ‘मुख्यमन्त्रीजी उहाँको भनाइबाट सहमत हुनुहुन्छ वा हुनु हुन्न भन्ने सदनलाई स्पष्ट पार्नु आवश्यक रहेको छ ।

प्रकाशित : मंशिर २६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA