नेपाल प्रहरीका दुईजना `डीआईजी´ प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा JCNEPAL MEDIA

पुस २९,२०८१ / जेसी नेपाल संवाददाता

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जेसी नेपाल अनलाइन मिडियालाई जानकारी दिए ।

गत १७ पुसमा उनीहरूलाई बढुवा सिफारिस समितिले एआईजीका लागि सिफारिस गरेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग प्रमुख भरतबहादुर बोहरा अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरेको हो ।

कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।

प्रकाशित : पुस २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA