बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन हामिक ठाकुर काठमाडौं बाट पक्राउ -JCNEPAL MEDIA

पुस २९,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर काठमाडौंमा पक्राउ परेका छन् । सरकारी छाप,दरखास्त कीर्ते गरी रकम हिनामिना गरेको आरोपमा चार महिना अगाडि पक्राउ पूर्जी जारी भएकोमा ठाकुरलाई सोमबार काठमान्डौँबाट पक्राउ गरेको हो ।

ठाकुरलाई ललितपुरको भैसेपाटी फुलवारी मार्गस्थित छिमेकी झगडा र लफडामा परेर प्रहरी समक्ष पुगेका ठाकुरको नाममा चार महिना अगाडि जिल्ला प्रहरी कार्यालय धनुषाबाट जारी भएको पक्राउ पूर्जी भेटेसँगै जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी उनलाई तत्कालै पक्राउ गरिएको जनाएको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक हुँदा ठाकुरमाथि किर्तेदेखि लिएर आफूखुशी उपभोक्ता समिति गठन गरेर रकम अपचलनमा मुछिएका थिए । पछिल्लो समय संस्थाको कानुनी हैसियतमाथि नै प्रश्न चिन्ह खडा भइहरेको समयमा कार्यकारी निर्देशक बलराम ठाकुरले भक्तजनले दानमा दिएको स्कारपिओ समेत श्रीमती इन्दुलेखा शर्माको नाममा गराएको भेटिएको थियो ।

यस्तै, गाडी मर्मत तथा सम्भारका नाममा ड्राइभरका नाममा २५ लाख निकालेर झ्वाम पारिएको भेटिएको छ । चालक मुकेश यादवले इन्धन र गाडी मर्मतका नाममा आफूले रकम नबुझेको भनेर निवेदनै दिएसँगै उनको नाममा कीर्ते गरेर २५ लाखभन्दा बढी निकालिएको रहस्य बाहिरिएको हो । उनले काम नै नगरी मिलोमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिएको, प्राविधिक मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको, आफू निकटलाई उपभोक्ता समितिको जिम्मा दिएको समेत भेटिएको थियो ।

ठाकुरले कर्मचारीहरुसँगको मिलेमतोमा करोडौं रुपैयाँ अपचलन गरेको उजुरी परेपछि परिषद्ले सो पत्रबारे अख्तियारलाई जानकारी गराएको थियो । यद्यपि, अख्तियारले समेत उनलाई कानुनको दायरामा ल्याउन चासो देखाएको थिएन । सत्ता र शक्ति दायाँ हुँदा पक्राउ पूर्जी जारी भएको पाँच महिनासम्म प्रहरीले समाउन सकेको थिएन तर छिमेकीसँगको झगडा पछि प्रहरीकोमा पुगेका ठाकुरविरुद्ध चार महिना अगाडि जारी भएको पक्राउ पूर्जी समेत प्रहरीले फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएर यो बिषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित : पुस २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA