यू-१९ महिला क्रिकेट विश्वकप : पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित -JCNEPAL MEDIA

माघ ५,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले कुनै पनि स्तरमा खेलेको पहिलो विश्वकप भएकाले यसलाई निकै चासोपूर्वक हेरिएको थियो। टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले प्रभावकारी ब्याटिङ प्रदर्शन गर्न सकेन। नेपाल १८.२ ओभरमा ५२ रन बनाएर अलआउट हुन पुग्यो। बाङ्ग्लादेशले सहज लक्ष्य पछ्याउँदै पाँच विकेटको जित हात पार्‍यो। बाङ्ग्लादेशले १३.२ ओभर खेल्दै लक्ष्य पूरा गर्‍यो। बाङ्ग्लादेशको बलिङसामु सङ्घर्ष गरेका नेपाली खेलाडीहरू सुरुदेखि नै दबाबमा परेका थिए। नेपालका लागि प्रारम्भिक ब्याटर सना प्रविनले जोडेको १९ रन नै सर्वाधिक रन बन्यो। त्यस्तै सीमाना केसीले १० रन जोडिन्। अन्य ८ खेलाडीहरूले दोहोरो अङ्क सम्म पुग्न सकेनन्। कप्तान पूजा महतोसहित नेपालका पाँच खेलाडीहरू रन आउट भए।

* अबका खेल समूह 'डी' मा रहेको नेपालले अब अस्ट्रेलिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ। स्कटल्याण्डसँग सोमवार र अस्ट्रेलियासँग बुधवार खेल हुँदैछ। नेपालले अबका दुई खेलमध्ये कुनै एकमा जित हासिल गरेमा सुपर सिक्समा पुग्न सक्ने सम्भावना बाँकी रहन सक्छ। यसै समूहमा अस्ट्रेलियाले स्कटल्याण्डलाई दश विकेटले पराजित गरेको छ।

* नेपालको बलिङ नेपालका तर्फबाट रचना चौधरी, रीया शर्मा, कप्तान पूजा महतो, सीमाना केसीले एक-एक विकेट लिएका थिए। पहिलो ओभरको तेस्रो बलमै विकेट लिएर चौधरीले बाङ्ग्लादेशमाथि दबाब सिर्जना गर्न खोजेकी थिइन्। त्यसैगरी दोस्रो ओभरमा शर्माले फहमिदा चोयालाई बोल्ड गरिन्। त्यसपछि भने बाङ्ग्लादेश सम्हालिएर खेल्न सफल भयो। १६ देश सहभागी विश्वकपमा नेपाल छनौट चरण पार गर्दै प्रतियोगितामा प्रवेश पाएको हो। मलेशिया भने आयोजक राष्ट्रका हैसियतमा सहभागी भएको थियो।

प्रकाशित : माघ ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA