तल्लो दर्जाकै प्रहरी किन पर्छन् कारबाहीमा ? -JCNEPAL MEDIA

माघ ८,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : चितवनको भरतपुरमा सोमबार विहान एक व्यक्तिमाथि प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरू आए। प्रहरी किन यसरी अमानवीय ढंगले कुटपिट गरेको होला? कुटपिट गर्ने प्रहरीमाथि कारबाही होला कि नहोला? कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित गणेशस्थान अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल भएको प्रहरीले पछि जानकारी दियो। उनलाई निलम्बन गरेको छ भने थप अध्ययनका लागि छानबिन समिति गठन गरिएको प्रहरीले जाएको छ।

तर, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमाथि कारबाही यो कुनै नयाँ घटना भने होइन। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा १० हजारभन्दा बढी प्रहरी कारबाहीमा परेका छन्। प्रहरी नियमावली २०७१ नियम १०९ देखि ११३ सम्मका सजायहरूमा परेर नोकरीबाट हटाइएको, बर्खास्त, नसिहत, गेड रोक्का, प्रतिकूल राय, ग्रेड घटुवा, पदोन्नति रोक्का, पद घटुवा, तल्लो टाइममा घटुवा र निलम्वनमा पर्ने प्रहरीको संख्या २०७६/०७७ देखि २०८०/०८१ सम्म १० हजार २ सय २७ जना छन्। यस आर्थिक वर्षको कार्तिक सम्म ६ सय ९९ सय जना प्रहरी कारबाहीमा परेको कार्यालयको तथ्यांकमा छ। आर्थिक वर्ष २०७६/२०७७ मा १ हजार ९ सय ७४ जना, २०७७/२०७८ मा १ हजार ९ सय ८२ जना, २०७८/०८९ मा १ हजार ८ सय ६० जना, २०७९/०८० मा २ हजार २४ जना र २०८०/०८१ मा २ हजार ३ सय ८७ जना रहेका छन् ।

कारबाहीमा पर्नेमध्ये प्रहरी जवानको संख्या यो पाँच वर्षमा ५ हजार ६ सय २५ जना छ। जुन कारबाही हुने संख्याको ५० प्रतिशत भन्दा धेरै हो। यसरी हेर्दा कारबाहीमा पर्नेमा तल्लो तहका प्रहरी बढी छन्। तल्लो तहका प्रहरीको संख्याका धेरै भएका कारण कारबाहीमा पर्नेको संख्यामा पनि उनीहरू धेरै देखिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए। 'फिल्डमा बढी खट्ने पनि उनीहरू नै हुन्छन्। उनीहरूमा अनुभवको पनि कमी छ त्यसैले कारबाहीमा पर्नेको संख्या पनि उनीहरूकै बढी छ,' आचार्यले भने।

प्रकाशित : माघ ८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA