त्रिविको नक्कली शैक्षिक प्रमाणपत्र सहित एक जना पक्राउ - JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचना प्राप्‍त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरू सम्बन्धी अनुसन्धान गर्दा ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात प्रहरीले उनलाई काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । - नेपाल प्रहरी प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA