लागूऔषध सहित दुई जना पक्राउ : सिरहा JCNEPAL MEDIA

माघ १०,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुर : लागूऔषध सहित दुई जना पक्राउ परेका छन । लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाले लागूऔषधसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

९ गते साझ ४ बजे जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १७ भन्सार गेट छेउ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जयनगर (भारत) बाट माडरतर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाईकल माथि शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं.७ बस्ने अन्दाजी वर्ष २५ को हृदय सिंहले लगाएको पेन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको हो।

निज हृदय सिंह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई उक्त लागूऔषध र मोटरसाईकल रीतपूर्वक बरामद गरी सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ।

प्रकाशित : माघ १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA