वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अभिव्यक्तिमा न्यायाधीश समाजको आपत्ति : JCNEPAL MEDIA

माघ १०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : रवि लामिछानेविरुद्ध लागेको सहकारी ठगी अभियोगको विषयलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको अभिव्यक्तिप्रति न्यायाधीश समाज नेपालले आपत्ति जनाएको छ। पीडित पक्षबाट बहस गरेका त्रिपाठीले जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारी र कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले धरौटीमा रिहा गर्न आदेश दिएपछि आलोचना गरेका थिए।

आफूले बहस गरेबमोजिमको आदेश नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत उनले अभिव्यक्ति दिएको न्यायाधीश समाजको ठहर छ। न्यायाधीश समाजले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी न्यायाधीशउपर उनले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो।

समाजका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज, नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ। न्यायाधीश समाज बहालवाला न्यायाधीशहरुको संगठन हो।

प्रकाशित : माघ १०,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA