कांग्रेस-एमालेका सांसदहरूले मातेर दुर्व्यवहार गरे : सांसद विनिता JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले आफूमाथि कांग्रेस र एमालेका सांसदहरूले रक्सीले मातेर दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले यो विषय संसदीय समितिमै उठाएकी हुन् । डढेलो नियन्त्रणको विषयमा छलफल गर्न बुधबार बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सदस्य कठायतले पोखरा अनुमगनका क्रममा दुर्व्यवहार भएको बताइन् । सांसदहरूले दुर्व्यवहार गरे सभापतिलाई भन्नुहुन्थ्यो, तर सभापति नै दुर्व्यवहारमा संलग्न भएकाले समितिमै बोल्न बाध्य भएको कठायतको भनाइ थियो ।

दुर्व्यवहारबारे समितिमा सुनाउँदा कठायत र सभापति कुसुमदेवी थापाबिच सवालजवाफ भएको थियो । समिति सचिवालयका अनुसार १९ पुसमा सभापति थापासहित आठ सदस्यीय टोली लुम्बिनी र गण्डकी प्रदेशको अनुगमनमा गएको थियो । टोलीमा कांग्रेसबाट सभापति थापासहित वीरबहादुर बलायर, एमालेबाट सरस्वती सुब्बा र सूर्यप्रसाद ढकाल, माओवादीकी रूपा सोसी चौधरी, रास्वपाका अशोककुमार चौधरी र संसद् सचिवालयका उपसचिव शिवदत्त बराल थिए । गण्डकीको अनुगमन तथा अन्तरक्रियामा चौधरीले नभ्याउँदा रास्वपाबाट कठायत सहभागी भएकी थिइन् ।

मुख्यमन्त्रीसहित अन्नपूर्ण संरक्षित क्षेत्र, विभिन्न पालिकाका जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भयो । पोखराको ल्यान्डमार्क होटेलमा बसेको संसदीय टोलीनजिकै रेस्टुरेन्टमा मदिरासहित जलपानमा जाँदा रास्वपा नेताहरूको विषयलाई लिएर विवाद भएको टोलीका एक सांसदले बताए । कठायतका अनुसार रास्वपा पार्टी नै ठग भएको, नेताहरूले विदेशीसँग बिहे गरेको, धेरैजनासँग बिहे गरेको, विवाहमा विवादितले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई प्रश्न गरेको, बाझेको भनेर समिति सभापति थापासहित कांग्रेस सांसद बलायर र एमाले सांसद सुब्बाले दुर्व्यवहार गरेको सांसद कठायतले बताइन् । दुर्व्यवहार गरेको विषयलाई सभापति थापाले समिति बैठकमै सहमति जनाउँदै ‘तपाईंलाई त्यतिकै ह्यारेसमेन्ट’ गर्न खोजे होलान् ।

तपाईंका कुरा छैनन् ? भनेकी थिइन् । कठायतले समिति बैठकमा ‘कुन माननीयले कति विवाह गर्‍यो, सुमनाले कतिजना विवाह गर्‍यो भन्ने तपाईंहरूको सरोकारको विषय हो ? सोविता गौतमले के बोल्यो भन्ने तपाईंहरूको सरोकारको कुरा हो ? तपाईंहरूले निर्णय गर्ने हो सुमनालाई देश निकाला गर्ने भनेर ? के गरेको छ देश निकाला गर्न ? यी विषय समितिको अनुगमनअन्तर्गत पर्छ ?’ भनेर प्रश्न गरेकी थिइन्, रवि लामिछानले कोसँग विवाह गर्‍यो भनेर ह्यारेसमेन्ट गर्ने ?

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA