ट्रम्पलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बनाउन संविधान संसोधनको प्रस्ताव : JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालको पदभार ग्रहण गरेको एकसाता पनि नबित्दै उनलाई तेस्रो कार्यकालका लागि समेत राष्ट्रपति बनाउने बहस सुरु भएको छ। टेनेसी राज्यका रिपब्लिकन प्रतिनिधि एन्डी ओगलेसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई तेस्रो कार्यकालका लागि राष्ट्रपतिको पदमा पुर्याउनका लागि अमेरिकी संविधान संशोधनको प्रस्ताव राखेका छन्। उनले भने,हाम्रो राष्ट्रलाई अत्यन्त आवश्यक पर्ने साहसी नेतृत्वको निरन्तरताका लागि संविधान संसोधन गरिनु पर्छ। अन्य अमेरिकी राष्ट्रपतिहरूलाई जस्तै ट्रम्पलाई पनि संविधानको २२औं संशोधनले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिनबाट रोक लगाइएको छ। प्रतिनिधि एन्डी ओगलेसले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्,राष्ट्रपति ट्रम्पको निर्णायक नेतृत्व पछिल्ला चार वर्षमा अमेरिकाले भोगेको अव्यवस्था, पीडा, र आर्थिक गिरावटको स्पष्ट विपरीत छ।

उहाँले हाम्रो राष्ट्रको पतन रोक्ने र अमेरिकालाई पुनः महान बनाउने एकमात्र व्यक्तित्वका रूपमा आफूलाई प्रमाणित गर्नुभएको छ। उहाँलाई यो लक्ष्य पूरा गर्न आवश्यक समय दिइनुपर्छ। यसअघि, ट्रम्पले वाशिंगटनमा हाउस रिपब्लिकन सांसदहरूसँगको एक बैठकमा, पार्टीभित्र नेतृत्व चयनका लागि भएको चुनाव अघि, तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने विचारलाई मजाकको रूपमा प्रस्तुत गरेका थिए। तर उनले २०२४ को राष्ट्रपतिको चुनाव जितेको एक हप्तापछि संविधान संसोधनको आवश्यक्तालाई घुमाउरो पारामा ब्यक्त गरे। उनले भने ,म फेरि उम्मेदवारी दिन नआउने आशा छ, जबसम्म तपाईंहरूले केही गर्नुहुन्न। जबसम्म तपाईंहरूले भन्नुहुन्न, उहाँ यति सक्षम हुनुहुन्छ कि हामीलाई यसलाई कुनै उपायले मिलाउनै पर्छ।

बैठकपछि हाउस रिपब्लिकन सांसदहरूले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पको भनाइ गम्भीर नभएको स्पष्ट पारेका थिए। उनीहरूले यस्तो टिप्पणी सुनेपछि हाँसेको पनि बताए। त्यो मजाक थियो। स्पष्ट रूपमा मजाक। ट्रम्पले यसअघि संचार माध्यमहरूलाई २०२४ को राष्ट्रपतिको चुनाव जितेमा तेस्रो कार्यकालको प्रयास नगर्ने बताएका थिए। उनले भने ,म कुनै चुनौतीको पक्षमा हुने छैन। त्यो मेरो लागि होइन। म त्यसको पक्षमा बिल्कुल पनि छैन। मेरो उदेश्य चार वर्ष उत्कृष्ट सेवा गर्नु हो। म हाम्रो देशलाई पुनः सही दिशामा ल्याउन चाहन्छु। ट्रम्पले गएको वर्ष अप्रिलमा टाइम म्यागजिनलाई बताएका थिए।

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA