मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

माघ १३,२०८१ / जेसी नेपाल संवाददाता

वाशिंटन डिसी : डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा सपथ लिएको समयमा नै धेरै घोषणा गरेका थिए। दोस्रो पटक ह्वाइट हाउस पुगे ट्रम्पले चुनावी अभियानमा गरेका आफ्ना वाचाहरूलाई निरन्तर कार्यान्वयन गरिरहेका छन्। राष्ट्रपति बनेलगत्तै ट्रम्पले पहिलो पटक गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने कानुन बनाए, मेक्सिकोको सिमानामा अवैध घुसपैठ रोक्न सेना खटाए, क्यानडामा २५ प्रतिशत ट्यारिफ लगाए र अब आफ्नो घोषणा बमोजिम नाम पनि परिवर्तन गर्न थालेका छन्।

हालै उनले ‘मेक्सिकोको खाडी’ नाम परिवर्तन गरेर ‘अमेरिकन खाडी’ बनाउने पूर्ववत् घोषणामा लालमोहर लगाएका छन्। ‘हो ‘मेक्सिकोको खाडी’ अब देखी ‘गल्फ अफ अमेरिका’ भनेर चिनिनेछ। ट्रम्प प्रशासनले शनिबार यसलाई अनुमोदन गरेको छ। ट्रम्प प्रशासनको आन्तरिक विभागका अनुसार अब आधिकारिक रूपमा मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ रहने भएको छ। यसैबीच, अलास्काको माउन्ट डेनालीको नाम पनि परिवर्तन गरे ‘माउन्ट म्याककिन्ले’ राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गर्ने बित्तिकै कार्यकारी कदम चालिरहेका छन् र नाम परिवर्तन गर्न आदेशमा अहिले धमाधम लालमोहर लगाइरहेका छन्।

ट्रम्पको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको निर्देशनअनुसार अब मेक्सिकोको खाडीलाई आधिकारिक रूपमा ‘अमेरिकाको खाडी’ भनेर चिनिने छ। उत्तर अमेरिकाको सबैभन्दा अग्लो चुचुरोलाई फेरि एकपटक ‘माउन्ट म्याकिन्ले’ नाम दिइनेछ। अलास्काको सर्वोच्च शिखरलाई अमेरिकाका पूर्व राष्ट्रपति विलियम म्याककिन्लेको सम्मानमा माउन्ट म्याककिन्ले भनिएको थियो, तर राज्यको अनुरोधमा १९७५ मा नाम परिवर्तन गरी डेनाली राखिएको थियो।

यसको अर्थ स्वदेशी भाषा ‘कोयुकोन’ मा ‘लामो’ हो। साथै, यो पनि भनिएको छ -ट्रम्पले अमेरिकी भूगर्भ सर्वेक्षणलाई मेक्सिकोको खाडीको नाम परिवर्तन गर्न थप आदेश दिन सक्छन्, ताकि यसलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता मिलोस्। यो सयौं वर्षको लागि समुद्री नेभिगेसन सन्दर्भको रूपमा प्रयोग गरिदै आइएको स्थल हो।

प्रकाशित : माघ १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA