नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा : धनुषाधाम JCNEPAL MEDIA

माघ १५,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।

सोही सूचिमा धनुषाधाम नगरपालिकाका अधिकृत दास पनि परेका थिए । तर, दुई दिन पछि पुनः दासलाई आर्थिक प्रशासनिक जिम्मेवारी दिई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्काएको हो । मन्त्रालयले गत माघ १० गते देशभरिका १३ वटा स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई जिम्मेवारीबाट हटाएको थियो । अधिकृत दासको कार्य कौशलतामाथि पुर्नविचार गर्दै उनलाई पुनः जिम्मेवारी तोकिएको हो ।

यसका साथै, सोही नगरपालिकाका लेखा शाखामा कार्यरत कर्मचारी प्रशान्त यादवलाई बढुवा गरेको हो । लेखापालबाट उनलाई लेखा अधिकृतमा बढुवा गरिएको हो । धनुषाधाम नगरपालिकामा निरन्तर कार्यरत यादवलाई बढुवा गरी लेखा अधिकृत बनाइएको हो ।

प्रकाशित : माघ १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA