रवि लामिछानेले कहाँबाट बुझाए २ करोड रुपैयाँभन्दा बढी धरौटी: JCNEPAL MEDIA

माघ १६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : आफू उपप्रधान तथा गृहमन्त्री रहँदा गत वैशाख ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा आफूसँग केबल १,१०,००० रुपैयाँ बचत रहेको उल्लेख गरेका लामिछानेले कसरी धरौटीमा रिहा हुन त्यति ठूलो रकम जुटाए भन्ने जिज्ञासा कैयौँले व्यक्त गरेको पाइन्छ।

लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ, काठमाण्डू जिल्ला अदालतले ६० लाख रुपैयाँ र रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी तोकेको थियो। लामिछानेले तीन वटै जिल्ला अदालतले तोकेको धरौटी केही घण्टाभित्रै बुझाएका थिए। अहिले थुना बाहिर रहेर मुद्दा लडिरहेका लामिछानेले कास्की जिल्ला अदालतले तोकेको धरौटी रकम बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन समेत दिएका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार लामिछानेले तीन वटै जिल्ला अदालतमा धरौटी बापत ब्याङ्क ग्यारेन्टी पेस गरेका छन्।

"उहाँले तीनै ठाउँमा ब्याङ्क ग्यारेन्टी पेस गर्नुभएको हो ," झा ले भने। "ब्याङ्क ग्यारेन्टीका लागि उहाँका आफन्त, पार्टी शुभेच्छुक, व्यावसायिक पृष्ठभूमिका पार्टीका सदस्यहरूले र विदेशमा रहने नेपाली समुदायले पनि रकमको जोहो गरिदिनुभएको थियो।" लामिछाने नेतृत्वको रास्वपाका सांसद समेत रहेका झाका अनुसार अदालतले आदेश दिनुअघि नै पार्टीले सम्भावित परिणामको आकलन गरेर रकमको जोहो गरिरहेको थियो। "धरौटी पनि मागिन सक्छ भनेर हामी मानसिक रूपमा पहिल्यैबाट तयार थियौँ र विदेशमा रहेका नेपाली र नेपालमै रहेका समर्थक तथा पार्टी सदस्यहरूबाट क्राउड फन्डिङ सुरु गरेका थियौं : उनले भने। धरौटीको रूपमा ब्याङ्क ग्यारेन्टी बुझाइएको पैसा कुनै सहकारीबाट ल्याइएको होइन।

प्रकाशित : माघ १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA