पूर्वराष्ट्रपति भण्डारी दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताए : प्रदीप ज्ञवाली JCNEPAL MEDIA

माघ १६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)मा फर्किन लागेको चर्चाबीच उनले बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताएका हुन्।

उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरू भएको उल्लेख गर्दै उक्त संस्थाहरूलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेकोसमेत बताए। उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए। उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने/नफर्किने विषयमा कुनै छलफल र बहस नभएकोसमेत स्पष्ट पारे। उनले भने, मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा चाहिँ उचित हो जस्तो म ठान्दिन ।

सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिन । कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ । तर तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिष्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्नेकुरा चाहीँ सही होइन । उनले अहिले बाहिर भइरहेका चर्चाहरू अनुमान मात्र भएको बताए।

प्रकाशित : माघ १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA