अमेरिकामा दुर्घटनाग्रस्त विमानको \'ब्ल्याक बक्स\' भेटियो, घटनाबारे उठन लागे प्रश्न-JCNEPAL MEDIA

माघ १८,२०८१ एपी/ रासस

काठमाडौं : वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो ।

 दुर्घटनाको कारण खोज्न कैँयन विधिबाट जाँचबुझ चलिरहेको थियो । ब्ल्याक बक्स भेटिएसँगै अब प्रारम्भिक रिपोर्ट ३० दिनमा जारी गरिने जनाइएको छ । एनटीएसबीका अधिकारीहरुले आफुहरुसँग निकै धेरै जानकारी भए पनि पुष्ट्याईंका लागि केही समय चाहिने बताएका छन् । उनीहरुले विमानको ब्ल्याक बक्स फेला पारिसकेकाले के कसरी विमान दुर्घटना भयो र गल्ती के हो भन्नेबारे त्यसबाट जानकारी हासिल गर्न सकिने जनाउ दिएका छन् । यो घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फले आफुहरुको दिल टूटेको प्रतिक्रिया दिएका छन् ।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्। यातायात सुरक्षासम्बन्धी अमेरिकी राष्ट्रिय निकाय एनटीएसबीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ३० दिनभित्र आउने बताएको छ। उक्त निकायका अधिकारीहरूले आफूहरूसँग "धेरै जानकारी रहेको तर... त्यसलाई प्रमाणित गर्न केही समय लाग्ने" बताएका छन्। विमानको फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरले उडानमा भएको गल्तीबारे अनुसन्धानकर्तालाई सङ्केतहरू दिन सक्छन्।

दुर्घटनास्थलनजिकै रहेको एनटीएसबीको प्रयोगशालामा ब्ल्याक बक्स लगिने छ र त्यसको जाँच हुने छ।

प्रकाशित : माघ १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA