सिंहदरबारकाे संसदीय दलमा जाँदै रवि, सभामुखलाई पनि भेट्ने : JCNEPAL MEDIA

माघ १८,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् ।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् । रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् । सभापतिज्यू अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्नुहुनेछ,स्रोतले भन्यो । उहाँले सभामुखलाई पनि आजै भेट्ने कार्यक्रम छ ।

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

प्रकाशित : माघ १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA