विमलेन्द्र निधिले भने, प्रदेशहरुले आफ्नै प्रहरी र कर्मचारीका लागि देशैभरी इस्यु बनाउनु पर्छ : JCNEPAL MEDIA

माघ १९,२०८१ / जेसी नेपाल संवाददाता

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी संगठन र आफ्नै कर्मचारीकालागि देशैभरी इस्यु बनाउनु आवश्यक रहेको बताएका छन् ।नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यक्ता र चुनौती विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेता निधिले बिना प्रहरी तथा कर्मचारीको सरकार हुन नसक्ने भएकाले यसलाई देशभरको इस्यु बनाउनु आजको आवश्यक्ता रहेको बताए । बिना प्रहरी, बिना कर्मचारीको प्रदेश सरकार बनाएर संघियता टिकाउन सकिदैन, यो सब नाटक हो, निधिले भने ‘यो नाटक रोक्न यसलाई इस्यु बनाउनु पर्छ र जोडदार आवाज उठाउनु पर्छ ।

संविधानले नै प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी तथा आफ्नै कर्मचारीकालागि अधिकार दिएको छ यसलाई कार्यान्वयनमा लाँदा कुनै कठिनाई नहुने उनको भनाई थियो ।निधिले केन्द्रमा कुनै दलका नेताहरुकालागि यो इस्यु नरहेकाले यसलाई हामीले नै इस्यु बनाउनु पर्छ बताए ।एक अर्को प्रसंगमा निधिले संघियतालाई टिकाई राख्नकालागि संविधान संशोधन आजको आवश्यक्ता रहेको बताए । उनले अहिले कतिपयले संशोधन हुनु हुँदैन बताईरहेका छन्, अहिले संविधान संशोधन भएन भने यो संघिय प्रणालीमाथी नै प्रश्न चिन्ह खडा हुने तर्फ सचेत गराए ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डीला संग्रौलाले परिवर्तनको भूमिको रुपमा चिनिने मधेसबाट कोही पनि मुलुकको कार्यकारी पदमा किन पुग्न सकिरहेको छैन भन्ने बहसको विषय हुनुपर्ने बताएकी छन् ।

संग्रौलाले परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय रहेको बताइन् । उनले भनिन् ‘मधेस लोकतन्त्रको भूमि, संघियताको जननी तथा परिवर्तनको भूमि भएर पनि विकासको दृष्टिले एकदमै पछाडी पर्नु चिन्ताको विषय हो ।’संग्रौलाले मधेसबाट अहिले संविधान संशोधनकालागि उठिरहेका मुद्दाहरुलाई बहसको विषय बनाएर अगाडी लानु आवश्यक रहेको बताइन् । उनले संविधान संशोधन २०८७मा नभएर आजकै मितिबाट यो संशोधनको प्रकृयाको शुरुवात हुनुपर्ने बताइन् ।मधेसका लागि सबैभन्दा विकराल समस्या बेरोजगारी हो, उनले भनिन् ‘मधेसमा बेरोजगारी, महिला हिंसा, दाइजो प्रथा लगायतका समस्याहरु विकराल बन्दै गईरहेको छ ।

यी समस्याका अन्त्यकालागि पहल हुनुपर्छ उनले बताए ।मुलुककै उर्वर भूमि रहेको मधेस सुख्खा भूमिको रुपमा परिणत भएको छ किन यस्तो भयो । यी समस्याहरुको समाधानको खोजी नभएसम्म मधेस समृद्ध हुन सक्दैन संग्रौलाको भनाई थियो ।

प्रकाशित : माघ १९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA