ट्रम्पसँग छलफल गर्न मोदी अमेरिका जादै : JCNEPAL MEDIA

माघ २२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी २२ देखि अमेरिकाको दुई दिने भ्रमणमा जाने तयारीमा छन् । इकोनोमिक टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न उनी अमेरिका भ्रमणको तयारीमा जुटेका हुन् ।

मोदीले आफ्नो दुई दिने पेरिस भ्रमण समाप्त गरेपछि वासिङ्टन डीसी यात्रा गर्नेछन् । यो भ्रमण राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको मोदीको पहिलो द्विपक्षीय अमेरिका भ्रमण हुनेछ। यो भ्रमण भएमा मोदी विश्वका सीमित विदेशी नेताहरू मध्ये एक हुनेछन्, जसले ट्रम्प प्रशासन दोस्रो कार्यकालमा केही साताभित्रै वासिङ्टन डीसीको द्विपक्षीय भ्रमण गर्नेछन् । २७ जनवरीमा दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।

टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।

प्रकाशित : माघ २२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA