सुभम साह अनलाइन ठगी मुद्दामा पुनः पक्राउ : राैतहट JCNEPAL MEDIA

माघ २४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् ।

विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौतहटको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन्। निजले विभिन्न ‘डिजिटल वालेट’को कर्मचारी भएको र ‘वालेट आइटी’ बैङ्क खातासँग ‘लिङ्कअप’ तथा नवीकरण, ग्राहक पहिचान फारम अद्यावधिकलगायत कार्य गरिदिन्छु भन्दै सर्वसाधारणको वालेटमा अनधिकृत पहुँच पुर्याइ रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनले अनलाइन ठगी गरेको रकम ‘टेलिग्राम’मा विभिन्न व्यक्तिमार्फत ‘क्रिप्टो करेन्सी’ साट्न प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेका ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा साह विभिन्न चारवटा अनलाइन ठगी मुद्दामा फरार रहेको पाइएको छ । प्रहरीले उनका साथबाट ‘मोबाइल’ दुई थान, नेपाली र भारतीय ‘सिमकार्ड’ १६ थान र सवारीधनी पुर्जा एक थान बरामद गरेको छ ।

* ‘खाता विवरण शेयर नगरौँ’ यसैबीच, ब्यूरोले अनलाइन ठगी हुनबाट बच्न आफ्नो वालेट तथा बैङ्क खाताको विवरण र प्राप्त ‘ओटिपी पासवर्ड’ कसैसँग पनि ‘शेयर’ नगर्न आग्रह गरेको छ । अनलाइन ठगीका घटना बढोत्तरी भएसँगै ब्यूरोले अपरिचित व्यक्तिबाट आएको ‘फोन’ तथा लिङ्क विश्वासमा परी ‘क्लिक’ नगर्न र आफ्नो विवरण शेयर नगर्न आग्रह गरेको हो ।

प्रकाशित : माघ २४,२०८१           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA