ट्रम्पले राजकुमार ह्यारिलाई देश निकाला गर्लान् ? : अमेरिका JCNEPAL MEDIA

माघ २८,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले चासोका साथ अमेरिकामा बस्दै आएका बेलायती राजकुमार ह्यारीका विषयमा समाचारहरू संप्रेसण गरीरहेका छन्। उनलाई ‘डिपोर्ट’ गरिनसक्ने चर्चाबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीलाई देश निकाला गर्ने तत्काल कुनै योजना नरहेको बताए। ट्रम्पले भने ‘ह्यारीसँग आफ्नै श्रीमतीसँग पर्याप्त समस्या छन्।

ट्रम्पले ह्यारीकी पत्नी मेघन मार्कललाई ‘भयानक’ भन्दै गम्भीर टिप्पणी गरेका छन्। यसअघि, ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’मा लागूऔषध प्रयोग गरेको स्वीकारेपछि उनको भिसा सम्बन्धी विवाद उत्पन्न भएको थियो। कतिपयले उनको यहि स्वीकारोक्तिलाई लिएर ‘डिपोर्ट’ गर्नुपर्ने मत राख्दै आएका थिए। तर, ट्रम्पले ह्यारीलाई देश निकाला नगर्ने स्पष्ट पारेसँगै यो बहसले किनारा पाउने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पुनरागमन गरेपछि अवैध आप्रवासीहरूविरुद्ध कडा कारबाही सुरु गरेका छन्।

तर, ड्युक अफ ससेक्स, राजकुमार ह्यारीको आप्रवासन स्थिति विवादित रहेको भएपनि, ट्रम्पले उनलाई अमेरिका बाहिर निकाला नगर्ने स्पष्ट पारेका हुन्। डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीका जेठा दाजु, राजकुमार विलियमको प्रशंसा गर्दै उनलाई "उत्कृष्ट युवा व्यक्त"भनेका छन्। डिसेम्बर २०२४ मा पेरिसमा नोट्र डाम क्याथेड्रलको पुनः उद्घाटन समारोह को क्रममा ट्रम्प र विलियमबीच निजी भेटघाट भएको थियो। ड्युक र डचेस अफ ससेक्स (ह्यारी र मेघन) लामो समयदेखि ट्रम्पका कट्टर आलोचक रहँदै आएका छन्। मेघन मार्कलले यसअघि सार्वजनिक रूपमा ट्रम्पलाई ‘विभाजनकारी’ र ‘महिलाविरोधी’ भनेकी थिइन्, भने ट्रम्पले नियमित रूपमा ह्यारीलाई मजाक बनाउँदै ‘मेघनले ह्यारीलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको, बताएका छन्। उनले भने ‘मलाई लाग्छ, बिचरा ह्यारीलाई नाकै समातेर घुमाइरहेकी छ।

ट्रम्पले अघिल्लो अन्तर्वार्तामा भनेका थिए, जसलाई न्यूयोर्क पोस्टले उद्धृत गरेको छ। हेरिटेज फाउन्डेसनले अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिएचएस)विरुद्ध दायर गरेको मुद्दाले राजकुमार ह्यारीको भिसा आवेदन प्रक्रियामै शंका उठाएको छ। फाउन्डेसनले ह्यारीको आत्मकथा ‘स्पेयर’ मा उनले कोकिन, गाँजा र साइकेडेलिक पदार्थ सेवन गरेको स्वीकारोक्तिलाई आधार बनाई भिसा आवेदनमा उनले सत्य जानकारी दिएका थिए।

हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने ,अमेरिका प्रवेशका लागि आवेदन दिने जो कोहीले सत्य विवरण दिनुपर्छ। राजकुमार ह्यारीले त्यस्तो गरेका थिए वा थिएनन् भन्ने अझै स्पष्ट छैन। उनको आत्माकथालाई आधार मान्दै केही रुढीवादी थिंक ट्यांकहरूले ह्यारीले बाइडेन प्रशासनबाट विशेष सुविधा पाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। राजकुमार ह्यारी र मेघन मार्कलले २०२० मा बेलायती राजपरिवार परित्याग गरी अमेरिका सरेपछि यो विवाद उत्पन्न भएको हो। यो घटनालाई व्यापक रूपमा ‘मेगसिक्ट’ भनेर चिनिने गर्छ।

प्रकाशित : माघ २८,२०८१ ००:०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA