प्रतिकूल बकपत्र गरेपछि घुस दिनेविरुद्ध नै अख्तियारले हाल्यो मुद्दा : विशेष अदालत JCNEPAL MEDIA

माघ २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी दिपेश यादवविरुद्ध ७८ हजार बिगो कायम गर्दै सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो । बाराको सिम्रौनगढ नगरपालिका– ११ का यादव हुन् ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिवादी वीरेन्द्र साह कानुन भएको घुस/रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा यादवलाई अनुसन्धान अधिकृतसमक्ष पेश गरिएको थियो। उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान कागजको प्रतिकूल हुनेगरी बकपत्र दिएपछि उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निज यादवले वकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि हुन आएपछि उनीविरुद्ध आज विशेष अदालतमा आरोप –पत्र दायर गरेको अख्तियारले जनाएको छ । प्रतिवादी साह कानुनलाई रकम भुक्तानी दिए वाफत घुस/रिसवत रकम ७८ हजार दिएको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा यादव र साहलाई ७८ हजार बिगो जरिवाना र सजायको माग गरिएको छ ।

प्रकाशित : माघ २९,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA