भारतीय विद्यार्थीले पनि थाले आन्दोलन : केआईआईटी JCNEPAL MEDIA

फाल्नु ०७, २०८१ / जेसी नेपाल संवाददा

काठमाडौं : भारतीय विद्यार्थीले पनि केआईआईटीमा आन्दोलन थालेका छन । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीमाथि दमन गरेर निकालेपछि त्यहाँ रहेका भारतीय विद्यार्थीले समेत आन्दोलन थालेपछि त्यहाँको कलेज प्रशासनलाई अर्को संकट आइलागेको छ । तीन दिनअघि त्यहाँस्थित करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज नै छाडेर जान त्यहाँका कर्मचारीले निर्देशन दिएपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन् ।

भारतमै कम्प्युटर इन्जिनियरिङ अध्यापनमा राम्रो मानिएको यो कलेजमा रहेका भारतीय विद्यार्थीले नेपाली विद्यार्थीमाथि कले प्रशासनले गरेको ज्यादतीको विरोध गर्दै तत्काल उनीहरूलाई फर्काएर नियमित कक्षा सञ्चालनको दबाब दिएका छन् । नेपाली विद्यार्थीमाथिको गलत व्यवहारका विषयमा कलेज प्रशासनले माफी मागे पनि अहिलेसम्म त्यहाँको अवस्था शान्त हुन सकेको छैन भने नियमित पढाई सुचारु हुन सकेको छैन । त्यहाँ तेस्रो वर्षमा अध्धयनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि नेपाली विद्यार्थीले छानबिनको माग गर्दै आन्दोलन गरेपछि त्यहाँको प्रशासन उनीहरूमाथि जाइलागेको थियो ।

नेपाल सरकार, त्यहाँस्थित नेपाली राजदूतावास, विभिन्न विद्यार्थी संगठन तथा त्यहाँको राज्य सरकारबाट समेत विरोध भएपछि कलेज प्रशासनले सार्वजनिक रूपमा माफी माग्दै यसरी पठाइएका विद्यार्थीको सबै खर्च दिने गरी फर्कन आव्हान गरेको छ । कलेज प्रशासनले त्यहाँ रहेका सुरक्षा गार्डलाई कारबाही, गलत गर्ने कर्मचारीलाई माफी मगाए पनि यो राष्ट्रियतामाथिको विषय भएकाले आफूहरू सहजै नफर्कने विद्यार्थीहरूले बताएका छन् । तर चौथो वर्षका केही विद्यार्थीहरू अडिए पनि पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत अधिकांश नेपाली नेपाल फर्केका छन् ।

त्यो कलेजमा रुपन्देहीमा मात्रै करिब ३ सय विद्यार्थी रहेको उनीहरूले जनाएका छन् । सोमबार त्यहाँबाट हिँडेका विद्यार्थीहरू गोरखपर आइपुगेको बताएका छन् । राम्रै नाम कमाएको यो कलेज प्रशासनले गरेको कमजोरीले नेपाली मात्रै होइन भारतीय विद्यार्थीसमेत रिसाएर आन्दोलनमा गएपछि उसलाई थप संकट परेको हो । भारतीय विद्यार्थीहरूले गरेको आन्दोलनका विषयमा नेपाली साथीहरूलाई रिपोर्टिङ गरिरहेको बाटोमा फर्कदै गरेका विद्यार्थीले जनाएका छन् ।

प्रकाशित : फाल्नु ०७,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA