बालेनले भने, विद्यार्थीलाई पढाइ बाहेकका सृजनात्मक कार्यमा समेत सहभागी गराउनुपर्छ : JCNEPAL MEDIA

फाल्नु ०७, २०८१ / जेसी नेपाल संवाददा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताए । बुधबार काठमाडौं महानगरपालिका- ७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए ।

उनले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए । उनले प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे । ‘प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यु एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुशी लागेको छ । उहाँको बारेमा स्कुलका नानिबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ ।

यो ठाउँमा चाँही आज पहिलो चोटि कार्यक्रम गरिएको हो,’ उनले भने,’विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाईबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरु पनि एउटा माध्यम हो । त्यसले खालि समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्छ । पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ । यसले सिर्जनशीलता बढ्दै जाँदा अरु काम समेत राम्रो हुँदै जान्छ ।

महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताए ।

प्रकाशित : फाल्नु ०७,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA