प्रकृति लम्सालको शव नेपाल ल्याइयो, कलिङ्‌गामा स्थिति सामान्य बन्दै : केआइआइटी JCNEPAL MEDIA

फाल्नु ०७,२०८१ / जेसी नेपाल संवाददाता

मोरङ : भारतको उडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल पठाइएको छ । दिल्लीबाट घटना भएको विश्वविद्यालयमा पुगेका कन्सुलर तथा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माका अनुसार भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर पठाइएको हो । प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको बताए । उनले भने, अहिले अवस्था सामान्य भएको छ । नेपाली विद्यार्थी कलेज फर्कने क्रममा छन् । कति आइसकेका छन् । नेपाल पुगेका विद्यार्थीको हकमा केही दिन लाग्न सक्छ । तर कलेजले विद्यार्थीलाई सुरक्षित वातावरण दिने प्रतिवद्धता जनाएको छ । कलेजले बुधबार नै सबै विद्यार्थीलाई जोडेर जुम मिटिङ गर्ने जनाएको प्रहरी वरिष्ठ उपरीक्षक शर्माले भने, ‘कलेजले पनि आजै विद्यार्थीहरुलाई सम्बोधन गर्ने गरी जुम मिटिङ गर्नेछ ।

त्यसले पनि वातावरणलाई थप सहज बनाउने अपेक्षा छ। कलेजले घटनमा संलग्नहरुलाई कारबाही गरिसकेको र नेपाली विद्यार्थीहरुको हकमा शान्ति सुरक्षाको प्रतिवद्धता जनाएको छ । यस विषयमा त्यहाँस्थित चिफ सेक्रेटरी, शिक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीसँग समेत वार्ता भएको छ । नेपाली विद्यार्थी सौरभ यादव। त्यसैगरी बुधबार बिहान जोगबनी नाका हुँदै १५ जना विद्यार्थी विराटनगर आएका छन् । महेन्द्र मोरङ कलेजमा भेला भएका उनीहरुमध्ये विराटनगर–१४ का विद्यार्थी सौरभ यादवका अनुसार मृतक विद्यार्थीलाई पटकपटक ब्याकमेल गरिएको थियो । सोही क्रममा उनले ह्यारेसमेन्ट भएर आत्महत्या गरेको हुनुपर्ने यादवको भनाइ छ । मृतक लम्सालले यसअघि पनि पटकपटक आफूमाथि दुर्व्यवहार हुँदै आएको गुनासो कलेजलाई गराउँदै आएको यादवको भनाइ छ। कलेजमा नेपाली १ हजार १ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुव्र्यवहार सहन नसकेपछि केआइआइटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेकी बताइएको छ। दुव्र्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीे माग गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको थियो। उडिसामा नेपाली अधिकारीहरुसँग भएको बैठकपछि तस्बिर खिचाउँदै भारतीय अधिकारीहरू। उनीहरूलाई बसिरहेको छात्रावासबाट समेत निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। आइतबार बेलुका करिब ५ बजे आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको र घटनालगत्तै उनलाई किम्स अस्पताल लगिएको एक नेपाली विद्यार्थीले जानकारी दिएका छन्।

सोही क्रममा आइतबार राति १० बजेबाट होस्टेलमा प्रदर्शन सुरु भएको ती विद्यार्थीले जानकारी दिए। उनका अनुसार छात्रावासका सुरक्षागार्डले कुटपिट गर्दै नेपाली विद्यार्थीलाई घर फर्काइएको हो। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिसाको एक विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे बुझ्ने काम भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा केआइआइटी विश्वविद्यालयको छात्रावासमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई छात्रावासबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको उल्लेख गरेका छन्।

प्रकाशित : फाल्नु ०७,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA