माओवादीको \"तराई मदेश जागरण अभियान\"आजदेखि शरू : JCNEPAL MEDIA

फाल्नु १२,२०८१ / जेसी नेपाल संवाददा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि 'तराई मदेश जागरण अभियान' सुरु गर्दैछ । झापाको कचनकवलदेखि सुरु हुने अभियान कञ्चनपुर पुगेर समापन हुनेछ ।

अभियानको शुभारम्भ गर्न अध्यक्ष पुष्पकमल दाहालसहित उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित नेताहरू झापा पुगेका छन् । सोमबार झापाबाट सुरु हुने अभियान मोरङ, सुनसरी हुँदै अघि बढ्नेछ । प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

अभियानका क्रममा नेताहरूले दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने बताएका छन् । अभियानअन्तर्गत मंगलबार मोरङ र बिहीबार सुनसरीमा कार्यक्रम छन् ।

प्रकाशित : फाल्नु १२,२०८१ शाेमवार         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA