नेपालबाट भारततर्फ गइरहेका सयौँ बालबालिकाको उद्धार : माइती नेपाल JCNEPAL MEDIA

फाल्नु १२,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपालबाट भारततर्फ गइरहेका सयौँ बालबालिकाको उद्धार माइती नेपालले गरेका छन । मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा क्रियाशील रहेको माइती नेपाल धनुषाले नेपालबाट भारत तर्फ जाँदै गर्दा १ सय २ जना बालबालिकालाई उद्धार गरिएको जनाएको छ ।

जनकपुरधाममा आइतबार एक कार्यक्रममा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका भएर भारत तर्फ गइरहेको अवस्थामा संस्थाका अनुगमन टोलीले प्रहरीको सहयोगमा उद्धार गरेको संस्थाले जनाएको छ । उद्धार गरिएका मध्ये १८ वर्ष मुनिका ५३ जना तथा १८ वर्ष माथिका ४९ जना रहेको माईती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जानकारी दिए । त्यस्तै १ सय जनालाई सुरक्षा आवास प्रदान गरेको जनाएको छ । सुरक्षा आवास पाउनेहरूमा ४६ जना १८ वर्ष मुनिका र ५४ जना १८ वर्ष माथिको बालबालिका रहेका छन् । यसका साथै एक वर्षको अवधिमा १ सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको छ ।

माईती नेपालले १ वर्षको अवधिमा नेपालबाट सीमानाका तर्फ जाने ८ हजार ३ सय ८२ बसको चेक जाँच गर्नुका साथै ५ हजार १ सय ९२ मानव बेचबिखन सम्बन्धि जनचेतनामूलक सूचना दिइएको जनाएको छ । नेपालमा मानव बेचबिखन सम्बन्धमा कडा कानून रहेपनि विभिन्न प्रलोभनमा पारेर दलालहरूले मानव बेचबिखनको कामलाई निरन्तरता दिन छाडेको छैन । मानव किन्ने र बेच्ने कार्यमा संलग्न भएको पाइएको खण्डमा २० वर्ष सम्मको जेल सजायका साथै २ लाख जरिवानाको व्यवस्था रहेको छ । यसका साथै वेश्यावृत्ति गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनमा रहेको छ ।

मानव बेचबिखनमा परेकाहरूलाई उद्धार गरेर ल्याइएकाहरूलाई लक्षित गरेर माइती नेपालले विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । संस्थाले २३ जिल्लामा काम गर्नुका साथै देश भरिमा १८ सुरक्षा आवास गृह, ३ वटा रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय, वाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र देखि आय आर्जनसम्मको काम गर्दै आएको छ । नेपालमा वर्षेनी रुपमा ३५ हजारको संख्यामा मानव बेचबिखन हुने गरेको तथ्यांक रहेको छ ।

प्रकाशित : फाल्नु १२,२०८१ शाेमवार           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA