महिनाथपुरका शस्त्र प्रहरी डिएसपी रिजाल तस्करी गराइरहेको मेयर दासले लगाए आरोप : JCNEPAL MEDIA

फाल्नु २०,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : सशस्त्र प्रहरी महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी सुुरज रिजालले तस्करी गराइ रहेको आरोप लागाएका छन । धनुषा विदेह नगरपालिकाका मेयर बेचन दासले डिएसपी रिजालले पावर प्रयोग गरी आम सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लगाएका छन् ।

मेयर दासले तस्करीका समानहरु निर्वाध आएपनि दैनिक घरायसी प्रयोजनका समान ल्याउने सर्वसाधारणलाई दुःख दिन थालेको आरोप लगाएका छन् । उनले गाउँमा सिसिटिभी क्यामेरा लगाएर अनाहक निगरानी बढाएकोप्रति आक्रोस पोख्दै सर्वसाधारण तर्साउन मात्र खोजेको आरोप लगाए । उनले भने–“म विदे नगरपालिकाका मेयर हुँ, म यहाँको प्रमुख हुँ, मेरो वडाहरु मेरो मातहतमा छ । कहाँ के गर्नुपर्छ त्यो हाम्रो सरोकारको विषय हो ।

हामीसँग कुनै अनुमति नै नलिई क्यामेरा जडान गर्नु उपयुक्त होईन, यसले आम सर्वसाधारणले विरोध जनाएको छ ।” ठुल ठुला तस्करहरुको लाखौँको समान पास भएपनि साना तिना सर्वसाधारणलाई तेल नुनको लागि रोकेर १० रुपैयाँ ५० रुपैयाँ लिने गरेको आरोप लगाए । उनले ठुला तस्करलाई बचाउनको लागि आम सर्वसाधारणलाई दुःख दिएको बताए । उनले डिएसपी रिजालले आफ्नो हठ नत्यागे यहाँका आम जनता सशक्त हुने चेतावनी समेत दिए ।

प्रकाशित : फाल्नु २०,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA