जिल्ला प्रहरी परिसर काठमाडौं द्वारा क्रिप्टोकरेन्सी कारोबारी लुट्ने ३ प्रहरीसहित ६ जना परे पक्राउ : JCNEPAL MEDIA

फाल्नु २१,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : लुटपाटमा संलग्न रहेको भन्दै ३ जना प्रहरीसहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । लुटेराहरूसँग मिलेर अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान खोटाङका २४ वर्षीय हीरा मंग्रातीलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उनीहरूले मोरङका २४ वर्षीय कपिल बस्नेत, दोलखाका ३१ वर्षीय संजोक तामाङ र मोरङका २० वर्षीय मनिष कुमार रायसँग मिलेर क्रिप्टोकरेन्सी कारोबारी धादिङका २६ वर्षीय रोशन गुरुङलाई लुटेका थिए।

रोशन गुरुङले आफू लुटिएको भन्दै सोमबार प्रहरीलाई खबर गरे,उपरीक्षक बोहराले भने । बानेश्वरमा प्रहरी नै संलग्न भएर सोमबार उनलाई लुटेका रहेछन् । अनुसन्धानको क्रममा गुरुङ क्रिप्टोकरेन्सीको कारोबारी समेत भएको खुलेको छ। पक्राउ परेका प्रहरीहरु तीनै जना घुमुवा (सूचना संकलन गर्ने) प्रहरी हुन् । उनीहरुले गुरुङबाट १४ लाख रुपैयाँ, प्रहरीको परिचय पत्र र हतकडीसमेत देखाएर लुटेको बताइएको छ । प्रहरीले रोशन गुरुङलले क्रिप्टोकरेन्सीमा एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय रुपैयाँ कारोबार गरेकोसमेत बताएको छ ।

पक्राउ परेका रोशन गुरुङलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकीलाई डाँका–चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उपरीक्षक बोहराले जानकारी दिए । प्रहरीले लुटपाटमा संलग्न ६ जनाबाट १२ लाख १० हजार, ६ थान मोबाइल र गाडी बरामद गरेको छ भने रोशन गुरुङको साथबाट दुई वटा मोबाइल, एउटा ल्याप्टप र दुई लाख १९ हजार रुपैयाँ बरामद गरेको थियो ।

प्रकाशित : फाल्नु २१,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA