कल्भट मुनि पानिमा युवकको लास फेला, हत्या गरी फालिएको आशंका : जनकपुर JCNEPAL MEDIA

फाल्नु २७,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरको नदीमा एक युवकको लास फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोयलस्थित हुलाकी मार्गमा पर्ने कलभर्टमुनी लास फेला परेको हो । भोयलचोकदेखि लगत्तै पूर्व रहेको हुलाकी मार्गको कलभर्टमुनी युवकको लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । भोयल गाउँको पूर्व रहेको मोड बाटोस्थितको कलभर्टमुनी सडेगलेको अवस्थामा लास देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार लासको प्रकृति हेर्दा अन्दाजी ४० वर्षीय पुरुष रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

घटना स्थलबाट फुल पैन्ट लगायत पर्स र भारतीय पैसा पनि फेला परेकाे छ । घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।

प्रकाशित : फाल्नु २७,२०८१         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA