बसन्त कुँवर चैत ४ गतेबाट अनिवार्य अवकाश हुदै , नयाँ आइजीपीमा कसले मार्ला बाजी ? : JCNEPAL MEDIA

फाल्नु २८,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरी ३० वर्षे सेवा अवधि नहटेपछि आउँदो चैत ४ गतेबाट वर्तमान आइजीपी बसन्त कुँवर अनिवार्य अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएपछि नेपाल प्रहरीले नयाँ ३१ औं महानिरीक्षक (आईजीपी) पाउने भएको छ। संगठनमा नयाँ आइजीपी आउने भएपछि पुरानालाई विदाई र नयाँलाई स्वागतको तयारी भव्य भइरहेको छ। आइजीपी सचिवयाल, निवास दुवैतिर सहयोगीहरु आउने जाने क्रम चलिरहेको छ।

आइजीपी को हुन्छ भन्ने निश्चित छैन। मन्त्रिपरिषदको बैठकले चैच ४ गतेसम्म नयाँ आइजीपी तय गर्नेछ। नयाँ आइजीपीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मध्ये एक जना हुने निश्चित छ। थापा, तामाङ र गिरी मध्ये एक जना आइजीपी हुने भएकाले तीनै जना आफू हुनका लागि दौडधुप गरिरहेका छन्। यद्यपि एकले अर्कालाई निषेध गर्नेगरी अघि बढेका छैनन्।

उनीहरु मध्ये एक जना आइपीपी भएपछि ६ एआइजी पद रिक्त हुनेछ। सो पदका लागि दौडधुप उनीहरुभन्दा बढी दौडधुप शुरु भएको छ। अब हुने ६ एआइजीमध्येबाट ३२ औं र ३३ औं आईजीपी हुने भएपछि उनीहरुले आफूलाई केन्द्रमा राखेर बढुवाका लागि शक्ति केन्द्रमा लविङ थालेका छन्। ४ चैतमा बस्ने वा त्यो भन्दा अघि बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरी कुँवरको बिदाई गर्ने छ। कुँवरको विदाईसँगै थापा, गिरी र तामाङ मध्ये एक जनाले नक्सालको ‘हट सिट’ कब्जा गर्नेछन्। अहिलेसम्मको अवस्था हेर्दा आइजीपीमा थापा नै अघि देखिन्छन्। नयाँ आइजीपीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मध्ये एक जना हुने निश्चित छ।

थापा, तामाङ र गिरी मध्ये एक जना आइजीपी हुने भएकाले तीनै जना आफू हुनका लागि दौडधुप गरिरहेका छन्। यद्यपि एकले अर्कालाई निषेध गर्नेगरी अघि बढेका छैनन्। अन्य दुई भन्दा थापा एकमहिनाअघि नै एआईजीमा बढुवा भएका थिए भने केही दिन यता वालुवाटार स्थित प्रधानमन्त्रीलाई नियमित रुपमा ब्रिफिङ गर्ने काम उनले गर्दै आएका छन्। ‘कमाण्ड कन्ट्रोल र व्यवशायीकताले एआइजी दीपक थापा अघि बढ्ने संभावना रहेको छ’, गृहमन्त्रालयका एक अधिकारीले भने। आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन्। आइजीपीमा एक जना एआइजीको नियुक्ति हुनेसाथ ६ वटा दरवन्दी खाली हुनेछ। जसमा प्रहरीका तीन ब्याचबीच बढुवाको टक्कर छ। सिनियर ब्याचबाट चन्द्र्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन्।

नेपाल प्रहरीको ऐन संसदबाट पास हुन ढिला भएमा यो ब्याचबाट दुई महिनाका लागि आईजीपी हुने सम्भावना समेत छ। तर यो विषयमा सरकारको तजवीजमा भर पर्ने भएकाले उनीहरु संभावान कम पनि रहेको छ। प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो। कुँवरपछि नियुक्त हुने ३१ औं आईजीपीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन्।

प्रकाशित : फाल्नु २८,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA