होलीमा २४ जना प्रहरी नियन्त्रणमा, १४३ सवारीसाधन ‘होल्ड’ : काठमाडौं JCNEPAL MEDIA

फाल्नु २९,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको भन्दै प्रहरीले काठमाडौंबाट २४ जनालाई नियन्त्रणमा लिएको छ । होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि बिहीबार काठमाडौंमा ट्राफिक र जनपद गरी दुई हजार सात सय बढी प्रहरी परिचालन भएका थिए ।

अपराह्न ४ बजेसम्म २४ जना पुरूषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका सबै पुरूष छन् । त्यस्तै चारपांग्रे र दुई पांग्रे गरी १४३ वटा सवारी साधनलाई होल्ड गरिएको एसपी बोहराले जानकारी दिए । तीमध्ये ९९ सवारीसाधनलाई होल्डमै राखेर बाँकीलाई प्रक्रिया पुर्‍याएर छाडिएको एसपी बोहराले बताए ।

होल्डमा रहेका १३८ दुई पांग्रेमध्ये ४२ वटा सवारी साधन छाडिएको छ भने ५ वटा चार पांग्रे सवारी साधनमध्ये एउटा मात्रै छाडिएको छ । बाँकी सवारी साधनलाई प्रक्रिया पुर्‍याएर साँझसम्म छाड्ने जनाइएको छ । ‘लाइसेन्स नभएका छन् भने लाइसेन्स भएका उनीहरूका आफन्तलाई र मापसे गरेका छन् भने नगरेकाहरूलाई बोलाउन लगाएर सवारी साधन जिम्मा लगाएर छाडिन्छ,’ एसपी बोहराले भने । नियन्त्रणमा लिइएका मानिसहरूलाई पनि बेलुकासम्म छाडिने उनले बताए ।

प्रकाशित : फाल्नु २९,२०८१          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA