मलंगवामा मुख्यमन्त्री सिंहद्वारा १९ अस्पतालको अनुगमन, १५ बन्द गर्ने निर्देशन : सर्लाहीJCNEPAL MEDIA

चैत्र ०१,२०८१/ जेसी नेपाल संवाददाता

सर्लाही : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालसहित १९ निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन्। अनुगमनका क्रममा १५ वटा अस्पताल तथा पोलिक्लिनिक अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिँहले ती अस्पतालहरू बन्द गर्न निर्देशन दिएका छन्।

अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति लिएका तीन निजी अस्पताललाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको छ। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाइएको छ। सोही कारण मुख्यमन्त्री सिँहले अस्पतालका प्रमुखलाई क्यान्टिन परिवर्तन गर्न आदेश दिएका छन्।

सिँहले आकस्मिक कक्षका लागि आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षमा सूचीबद्ध एम्बुलेन्स चालकका नाम हटाउन समेत निर्देशन दिएका छन्। मुख्यमन्त्रीको अनुगमनको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिकका सञ्चालक र कर्मचारी फरार भएका थिए। अधिकांश स्वास्थ्य संस्थामा ताल्चा लागेको अवस्थामा फेला परेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए। अनुगमनका क्रममा जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि, र श्री ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र अनुमति नवीकरण गर्न निर्देशन दिइएको छ।

त्यस्तै, मैक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर, चन्द्रकला पोलिक्लिनिक, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर, र देवश्री पोलिक्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार अवैध रूपमा सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि कारबाहीलाई निरन्तरता दिइने छ।

प्रकाशित : चैत्र ०१,२०८१                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA