धनुषामा होली खेल्ने क्रममा छुरा प्रहारबाट एक युवकको मृत्यु : JCNEPAL MEDIA

चैत्र ०३,२०८१/ जेसी नेपाल संवाददाता

धनुषामा हाेली खेल्ने क्रममा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ ।

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका वडा. २३ बिन्धी चोकमा छुरा प्रहारबाट १९ वर्षीय आँशु काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आँशुमाथि छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका - २३ का २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि धर्मेन्द्रले आँशुमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

प्रकाशित : चैत्र ०३,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA